सडकसँग जोडिँदै कर्णाली पारीका दुर्गम गाउँ


शेरबहादुर सार्की
बाजुरा । बाजुराको पूवीउत्तर क्षेत्रमा पर्ने कर्णाली पारीको स्वामिकार्तिक खापर गाउँपालिकाका दुर्गम गाउँबस्ती पछिल्लो समय धमाधम सडक सञ्जालले जोडिँदै गएका छन् ।

गाउँपालिकाले यहाँका स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न तथा आउजाउमा सहज हुने गरी प्रत्येक वर्षमा सडक खन्ने कामलाई निरन्तरता दिँदै आएपछि यतीबेला कर्णाली पारीका दुर्गम गाउँ बस्ती पछिल्लो समय सडक सञ्जालमा जोडिँदै गएका हुन् ।

यहाँका अधिकाशं गाउँ बस्तीमा सडक पुगेपछि अहिले स्थानीयलाई दैनिक उपभोग्य खाद्यान सामाग्री ढुवानी गर्न तथा आउजाउ गर्नमा निकै सहज भएको स्वामिकार्तिक खापर गाउँपालिका–२ स्थानीय नरे लुहारले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिला यहाँका स्थानीयलाई दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न दुइ चार दिन पैदल यात्रा गुर्न पर्थ्याे । अहिले गाउँमा सडक पुगेपछि त्यो खाद्यान सामाग्री गाडीमा दुइ चार घण्टामा घर पुग्छ । ”

गाउँमा पुगेका यी सडकलाई तुरुन्तै स्तरोनन्ती गरी दिन पाए यहाँका स्थानीयलाई थप सुविधा हुने लुहारले बताउनुभयो । स्वामिकार्तिक खापर गाउँपालिकाका पाँच वटै वडामा सडक सञ्जालले जोडिएका छन् । यहाँका अधिकाशं गाउँ बस्ती ती सडकको पहुँचमा छन् भने केही गाउँ बस्तीमा सडक पुगेको छैन ।

यहाँ वडा नं–२ का सुपाना, छुददरी, पुडेनी र वडा नं–१ का काम्ती, मुक्तीकोट गाउँ लगायतका गाउँ बस्तीमा सडक पुगाउँने कार्यलाई निकै तीब्रता दिँदै आएको छ । यहाँका अधिकाशं बस्तीको बिच बिचमा ठुला चट्टान भएकोले त्यस ठाउँमा सडक अन्न निकै समस्या भएकोले ती बस्ती सडक सञ्जालको पहुँचमा ढिलाई भएका हुन् ।

अहिले यहाँका ती ठुला चट्टानलाई फोड्दै सडक नपुगेका गाउँ बस्तीलाई सडक जोड्ने काम भइरहेको स्वामिकार्तिक खापर गाउँपालिका नि.प्रमुख प्रशासकीय अधिकृत पारसबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “कर्णाली नदीमा पक्की पुल छैन । पक्की पुल नहुँदा गाडीलाई आउजाउ गर्नका समस्या भएको छ । यहाँ हिउँदको महिना काम चलाउनका लागि हामीले केही वर्ष देखि कर्णाली नदीमा फेरी राखेका छौं । अहिले त्यो फेरीले नै यहाँ साना जिप वारपार हुने गरको छन् । ”

अहिले कर्णाली नदीमा पर्ने वाईको गदुमा पक्की पुल निर्माणको काम भइरहेको छ । त्यो पुल निर्माण भइसकेपछि यहाँका सबै वडामा सवारीसाधानलाई आउजाउमा गर्न निकै सहज हुने शाहीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us