निजामती कर्मचारीले दिए आन्दोलनको चेतावनी

काठमाडौं । संघीय निजामती सेवा ऐनको माग गर्दै निजामती कर्मचारीहरूले पनि आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। १० बुँदे माग राखेका कर्मचारीले माग पूरा नभए संयुक्त ट्रेड युनियन सञ्जालको तर्फबाट चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।

विगतमा पेस गरिएका ८५ बुँदे माग, ०७८ माघ १२ गते सर्वोच्च अदालतको निर्देशनात्मक आदेश जारी गरी संघीय निजामती सेवा ऐन जारी गर्न भएको फैसला र राष्ट्रियस्तरका ट्रेड युनियनसँग ०८० असोज २७ गते भएको सम्झौतामा भएका मागहरूलाई संश्लेषण गरी ऐन जारी गर्न उनीहरूको माग छ।

‘देश संघीय राज्य व्यवस्थामा गएको लामो समयसम्म पनि संघीय शासन प्रणालीको कार्यान्वयनका लागि संघ, प्रदेश तथा स्थानीय तहको कर्मचारी प्रशासनलाई व्यवस्थापन एवं मार्गदर्शन गर्ने छाता कानुनको रूपमा रहेको संघीय निजामती सेवा ऐन जारी नहुँदा मुलुकको सार्वजनिक प्रशासन अन्योल र अस्थिरताको भुमरीमा परेको छ। राज्यको प्रत्यक्ष उपस्थिति जनाउने सार्वजनिक सेवा प्रवाहको प्रमुख माध्यमको रूपमा रहेको देशको निजामती सेवालाई व्यवस्थापन गर्ने विषय सरकारको प्राथमिकतामा नपर्नु गम्भीर चिन्ताको विषय हो,’ विज्ञप्तिमा भनिएको छ।

आफूहरूको मागहरूप्रति सरकार उदासीन भई सुनुवाइ नगरेमा संयुक्त ट्रेड युनियन सञ्जालको तर्फबाट चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।

यस्ता छन् १० बुँदे माग :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us