तनहुँको बन्दीपुरमा रैथाने खाना एवं सांस्कृतिक महोत्सव सुरु

अमरराज नहर्की

तनहुँ । नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा तनहुँस्थित पर्यटकीय नगरी बन्दीपुरमा सुरु गरिएको रैथाने खाना एवं सांस्कृतिक महोत्सव–२०८२ को गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएकाे छ ।

बन्दीपुर भ्रमण वर्ष २०२५ सचिवालय बन्दीपुरको आयोजना र बन्दीपुर गाउँ पालिकाको प्रवर्धनमा आयोजित महोत्सवको मुख्यमन्त्री पाण्डेले आइतबार उद्घाटन गर्नुभएको हो । गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले देशकै प्रमुख गन्तव्यका रूपमा बन्दीपुरलाई विकास गर्दै बन्दीपुर भ्रमण वर्ष २०२५ मा बास बस्ने पर्यटक दुईदेखि तीन लाख भित्र्याउने कार्यक्रम अन्तर्गत महोत्सव गरिएको जानकारी दिनुभयो ।

पर्यटकको सङ्ख्या वृद्धि गर्ते नेपाली नयाँ वर्षलाई मौलिकताका साथ मनाउन, रैथाने खाना कला संस्कृतिलाई संरक्षणमा टेवा पुग्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो ।

चार दिनसम्म महोत्सव सञ्चालन गरिने आयोजकले जनाएको छ । बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक एवं नयाँ वर्ष २०८२ तथा १२औं मौलिक (रैथाने) खाना एवं सांस्कृतिक महोत्सवका संयोजक बैसबहादुर गुरुङले बन्दीपुर गाउँपालिकाका छ वटै वडाका ऐतिहसिक तथा पर्यटकीय स्थलको संरक्षण र सम्बर्द्धन गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न महोत्सवले टेवा पुग्ने विश्वास लिइएको बताउनुभयो । गोरखापत्र अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *