आयो वर्ष नयाँ नयाँ किसिमका सद्भावले प्रेरित।
छायो उत्सुकता सबै मनभरी चल्ने भयो जागर ।।
फक्रछन् नव कोपिला हृदयका पाना उघारीकन।
चारै तर्फ नयाँ नयाँ सिजनका टूसा पलाईकन ।।
हुन्छन् याद नयाँ नयाँ जिवनका भोग्दै गरौला दिन।
फेरी बत्ती निभाउदै छ बिचरा यो भ्रष्टाचारी किन? ।।
फेरिन्छन् रुख बोटका ति बिरुवा फेरिन्छ यो जङ्गल।
फेरीदैन यहाँ अहो किन सधैँ यो भ्रष्टाचारी पन ।।
बत्ती सम्म निभाउने नकचरो ऐले भयो हाकिम। के गर्नू नव बर्ष वित्तछ यसै बत्ती नबालीकन ।।
यस्तो बुद्धी पसोस् सधैँ बसिरहोस् पारोस् उज्याला दिन।
झुल्केको रबि झैं भएर उसले सक्नेछ बत्ती दिन ।।
कवि कृष्णप्रसाद रिजाल