नेपाल एयरलाइन्सले वाइडबडी उडाउने ४ जना पाइलट माग्यो

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले एयरबस ए३३० वाइडबडी विमान उडाउनका लागि ४ जना पाइलट माग गरेको छ । माग गरिएको पाइलटमध्ये ३ जना प्रशिक्षक पाइलट र १ जना लाइन पाइलट छन् ।

निगमले एक वर्षे करार अवधिका लागि पाइलट नियुक्त गर्न लागेको हो । इच्छुक उम्मेदवारले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन, युरोपियन युनियन एभिएसन सेफ्टी एजेन्सी, फेडेरेसन एभिएसन एडमिनिस्ट्रेसन वा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट मान्यता प्राप्त प्रमाणपत्र पाएको हुनुपर्नेछ ।

विदेशी पाइलटका लागि कम्तीमा एक वर्षको वैध राहदानी भएको प्रमाण हुनु जरुरी छ । प्रशिक्षक पाइलटका लागि कम्तीमा १ हजार घण्टा वाइडबडी एयरबस विमान उडाएको अनुभव आवश्यक छ भने पछिल्लो एक वर्षभित्र वाइडबडी जहाज उडाइरहेको पनि हुनुपर्छ ।

लाइन पाइलटका लागि भने कम्तीमा ५०० घण्टा ए३३० वाइडबडी विमान उडाएको अनुभव अनिवार्य गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us