सुदिप बर्देवा
काठमाडौं ।कागेश्वरी मनोहरा नगरपालिकालाई सिताके च्याउ हव बनाउने लक्ष्यसहित व्यावसायिक सिताके च्याउ खेति सुरु भएको छ ।
मेयरसँग उद्यमशीलता कार्यक्रम अन्तर्गत नगरपालिकाला सिताके च्याउ खेतिको हाव बनाउने उदेश्यसकित कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ४, ब्रम्हखेलमा सिताके च्याउको व्यावसायिक खेति सुरु गरिएको हो । सोहि अनुसार किसानहरुलाई नगरपालिकाको सहकारी तथा उद्यम विकास शाखाले केहि महिना अघि सिताके च्याउ खेति सम्बन्धि ४ दिने तालिम दिएको थियो ।
नगरपालिकाभित्र संचालित पाँच वटा कृषि सहकारीहरु (नव कान्तिभैरावा बहुउदेसिय सहकारी, गाणनायक कृषि सहकारी, करेसाबारी कृषि सहकारी, मिलिजुली दिदीबहिनी कृषि सहकारी तथा सिहंदेवी कृषि सहकारी सस्था लिमिटेडका) ६० जनाभन्दा बढी महिला तथा पुरुषले सो तालिम लिएका थिए । जसमध्ये सिहंदेवी कृषि सहकारी सस्था लिमिटेडले शुक्रबार एक कार्यक्रमको आयोजना गरी औपचारिक रुपमा व्यावसायिक सिताके च्याउ खेति सुरु गरेको हो । अन्य ४ वटा सहकारेहरुले पनि खेतीका लागी तयारी गरिरहेका छन ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ४ स्थीत ब्राम्हखेलमा सिहंदेवी कृषि सहकारी सस्था लिमिटेडले ४ रोपनी जग्गा भाडामा लिएर सिताके च्याउ खेति सुरु गरेको हो ।
नगरपालिकाले, मेयरसँग उद्यमशीलता कार्यक्रम अन्तर्गत च्याउ खेति गर्न चाहाने सहकारी तथा कृषकले ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । सोहि अनुसार सिहंदेवी कृषि सहकारी सस्था लिमिटेडले ३ वटा टनेला निर्माणमा करिब ७ लाख अनुदान पाएको छ । सिहंदेवीले ३ वटा टनेला निर्माण, १००० वटा मुडा र अन्य प्राविधिक पक्षको व्यवस्थापनमा गरी करिब १५ लाखको लगानीमा च्याउ खेति सुरु गरेको हो ।
सिहंदेवी कृषि सहकारी सस्था लिमिटेडका अध्यक्ष सुरज सिग्देल, नगरापालिकाले नगर क्षेत्रलाई सिताके च्याउ खेतीको हव बनाउने लक्ष्य आफुले साथ देको बताए । ” च्याउ खेति बारे हामी अनविज्ञ थियौं, नगरपालिकाले यो खेतीमा अनुदान नै दिएर कृषक प्रोत्साहन दिएकोले यस खेतीमा लागेको बताए । “हामी ढुक्क भएर खेति गर्छौं, नगरपालिकाले हामीलाई साथ सहयोग गर्दै अगाडी बढाउनु पर्छ” उनले भने ।
कागेश्वरी मनोहरा नगरपालिकाले मेयरसँग उद्यमशीलता कार्यक्रम अन्तर्गत नगरपालिकालाई सिताके च्याउ खेतीको हव बनाउने लक्ष्य सहित सहकारी र कृषकलाई तालिम नै दिएर व्यवसायका लागि सहयोग गर्ने भएपछी हौसिएका सिहंदेवी कृषि सहकारी सस्था लिमिटेडका संरक्षक शंखर प्रसाद उपाध्याय पौडेल औपचारिक रुपमा व्यावसायिक सिताके च्याउ खेति सुरुवात गर्दा खुसीले गदगद छन् । उनि भन्छन् ” कृषकलाई यसरी प्रोत्साहन दिएर व्यवसायमा लाग्न प्रेरित गर्ने स्थानीय सरकार अहिले सम्म पाएको थिएनौ, नगर प्रमुख उपेन्द्र कार्कीलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।”
नगरपालिकाले उत्पादित च्याउको बजारीकरणको जिम्मे लीइदिने भएपछि अधिकतम च्याउ उत्पादन गर्ने योजना छ संरक्षक शंखर प्रसाद उपाध्याय पौडेलको ।
सिहंदेवी कृषि सहकारी सस्था लिमिटेडले शुक्रबार सुरु गरेको व्यावसायिक सिताके च्याउ खेतीबारे प्राविधिक पक्षको अवस्थाबारे बुझ्न आएका बरिष्ठ च्याउ विज्ञ हरिसचन्द्र बास्तोलाले कागेश्वोरी मनोहरा नगरपालिका सिताके च्याउ खेतीका लागी उपयुक्त क्षेत्र रहेको बताए । उनले भने, ” सिताके च्याउ खेतीका लागी समुन्द्री सतहदेखि १४ सय मिटर देखि २ हजार मित्र सम्मको उचाइ उपयुक्त हुन्छ, यो क्षेत्र १४ सय मिटरको उचाईमा रहेकोले सिताके च्याउ खेतीका लागि उपयुक्त छ ।”
कागेश्वरी मनोहरा नगरपालिकामा पहिलो पटक सिहंदेवी कृषि सहकारी सस्था लिमिटेडले औपचारिक रुपमा सिताके च्याउ खेति सुभारम्ब गरेसंगे नगरपालिकालाई सिताके च्याउ खेतीको अव बनाउने नगरप्रमुखको उदेश्यले साकार रुप पाउने विश्वास गरिएको छ ।