अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको अध्यक्षमा अरुण अधिकारी निर्विरोध

काठमाण्डू, विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यसहित क्रियाशील संस्था अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको अध्यक्षमा अरुण अधिकारी निर्विरोध चयन भएका छन् ।

सन् २०२५–२०२७ कार्यकालका लागि गठित ३६ सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा श्याम अम्गाईं, उपाध्यक्षहरूमा सूर्य भण्डारी, साइकुमार शर्मा, श्याम भण्डारी, महासचिवमा दीपक कार्की, सचिवमा बलराम खतिवडा, सह–सचिवमा राजकुमार गिरि, कोषाध्यक्षमा विष्णु खत्री र सह–कोषाध्यक्षमा हरिराज घिमिरे चयन भएका छन् ।

सदस्यहरूमा उद्दव श्रेष्ठ, फनिन्द्र पन्त, लक्ष्मण सापकोटा, राम शेन, बरुण सिंह ,लाल बहादुर कौशल, वासुदेव भुसाल, रेशम बहादुर लामा, हुमन लिम्बू, कुमार तिमिल्सिना, ईश्वर पन्त, सुवास थापा, सरोज थापा, शखबिर लामा, कृष्ण हरि सापकोटा, बाबुराम कार्की, दीपक मरासिनी, अमर दीप कार्की, दीपक भुसाल, विनोद सोनी, बिमल कार्की, टेक खनाल, गोविन्द राई, राम कुमार जोशी, प्रकाश बुढाथोकि, वेद प्रसाद अधिकारी रहेका छन् । सोसाइटीको प्रवक्तामा युवराज तामाङ चयन भएका छन् ।

निर्वाचित कार्यसमितिले नेपाली खानाको अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार, गुणस्तर अभिवृद्धि तथा नेपाली सेफहरूको पेशागत क्षमता विकासमा संस्थागत रूपमा क्रियाशील हुने प्रतिबद्धता जनाएको छ ।

शनिबार काठमाडौँको भिर्कुटीमण्डपमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नवगठित कार्यसमितिका अध्यक्ष अरुण अधिकारीलगाएत सबै पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

मन्त्री पाण्डेले बिश्वभर नेपाली स्वाद चखाउन र नेपाली स्वादकै कारण पर्यटक भित्र्याउन सकिने जनाउदै विश्वबाट आएका सेफहरुलाई पर्यटन दुतका रुपमा काम गरेर पर्यटक भित्र्याउन सहयोग गर्न आग्रह गरे ।

सोसाइटीका पूर्वकेन्द्रीय संयोजक तथा नवनिर्वाचित अध्यक्ष अधिकारीले यस फेस्टिभलले परिकारहरूको मात्र प्रदर्शनी नगरी नेपालको मौलिक स्वाद, रैथाने सम्पदा र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्येश्य लिएको बताए ।

नेपालको खानालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउँदै आधुनिक प्रविधिसँग सामन्जस्यता राख्दै व्यावसायिक रूपमै यसको विस्तार गरेर नेपालको आर्थिक र सांस्कृतिक पहिचानलाई विश्वसामु प्रस्टसँग प्रस्तुत गरिने अधिकारीले दावी गरे ।

यस अभियानमा ३६ भन्दा बढी देशहरूमा कार्यरत नेपाली सेफहरूको सक्रिय सहभागिता अत्यन्तै सराहनीय रहेको र एशिया, युरोप, अमेरिका, अफ्रिका र अष्ट्रेलियामा कार्यरत नेपाली सेफहरूको योगदानले यस फेस्टिभललाई अन्तर्राष्ट्रिय स्वरूप प्रदान गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us