काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले आफ्नो पार्टी आन्दोलनरत शिक्षकहरूको पक्षमा रहेको बताएका छन्।
नेकपा एसका प्रवक्ता समेत रहेका ज्वालाले शिक्षक आन्दोलनको विपक्षमा आउने अभिव्यक्तिलाई पार्टी धारणाको विपरीत भनेका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘कसैलाई भ्रम नहोस्, हाम्रो पार्टी शिक्षक आन्दोलनको समर्थनमा छ। शिक्षकका जायज माग सरकारले पूरा गर्नपर्छ। आन्दोलनका विरुद्धमा बोल्नू पार्टी धारणाको विपरीत हुन्छ।’ उनले सरकारले शिक्षकहरूकाे माग सम्बाेधन गर्नुपर्ने बताएका छन्।