आज थप १८ जनामा कोरोना पुष्टि, मृत्यु शून्य

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरस कोभिड -१९ संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६९१ जनाको पीसीआर परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको हो । १ हजार २५६ जनाको एन्टिजेन परीक्षण गरिए पनि एकजनामा पनि संक्रमण नदेखिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन् भने हाल देशभर २८३ जना सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us