काठमाडौं । उपकुलपति रिक्त चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपकुलपति पाएको छ । कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेको हो ।
जसमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सञ्जीव शर्मा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. श्रीकृष्ण श्रेष्ठ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. डबलबहादुर धामी र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. पवन शर्मालाई नियुक्त गरिएको छ ।
उपकुलपति हुने मध्ये तीन जना रेक्टर तथा एकजना डिनलाई उपकुलपतिको जिम्मेवारी दिइएको छ ।