प्रधानमन्त्रीले शिक्षकहरुको मागलाई कुल्चिए : झलनाथ खनाल

काठमाडौं । सम्मानिय नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुको मागलाई कुल्चिएर हिँडिरहेको आरोप लगाउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता खनालले कम्युनिष्ट पार्टीका नेता प्रधानमन्त्री भएको बेलामा शिक्षकहरु सडकमा रहेको र शिक्षकका मागहरु कुल्चिएर प्रधानमन्त्री हिँडेको आरोप लगाउनुभयो । उहाँले सरकारको मन्त्रीले राजीनामा दिनु झनै दुःखद् भएको बताउनुभयो ।

नेता खनालले शिक्षकका मागहरु सम्बोधन गर्नुपर्ने पक्षमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई रहे पनि प्रधानमन्त्री ओलीले माग सम्बोधन नगरिदिँदा राजीनामा दिन विवश भएको आरोप लगाउनुभयो । शिक्षामा प्रगतिशिल परिवर्तनको कुरा कहाँ गयो रु भन्दै प्रश्न गर्नुभयो । उहाँले अहिलेका नेतृत्वहरुसँग जनता रिसाएको र रिसाएका जनताले के गर्छन् भन्नेकुरा सोच्न नसकिने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री खनालले समय लागे पनि प्रयत्न गर्दै जाने हो भने नेपालको कम्युनिष्ट आन्दोलन एकतावद्ध हुने दाबी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us