एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष प्रेम तामाङ नेकपा एकीकृत समाजवादीमा प्रवेश

रामेछाप । नेकपा एमालेबाट निर्वाचित खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम तामाङ नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।

स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ताको एक दिनअघि तामाङले टिकट नपाएपछि मन्थलीमा पत्रकार सम्मेलन गरी नेकपा एसमा प्रवेश गरेका हुन्। एमालेले खाँडादेवी गाउँपालिकाको अध्यक्षमा ज्ञानकुमार श्रेष्ठ र उपाध्यक्षमा रमा घिसिङलाई उम्मेदवार बनाउँदैछ।नेकपा एसले खाँडादेवीको अध्यक्षमा प्रेम तामाङलाई नै अघि सार्ने गरी पार्टी प्रवेश गराएको हो।

जिल्ला इन्चार्ज देवशंकर पौडेल, पोलिटव्युरो सदस्य होमबहादुर बुढाथोकीलगायतका नेताहरुको उपस्थितिमा उनी नेकपा एसमा प्रवेश गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us