काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूर्वनिर्धारित परीक्षा सार्ने जनाएको छ । आज साँझ बसेको बोर्डको बैठकले परीक्षा सार्ने निर्णय गरेको हो ।
यही वैशाख ११ गते हुने भनिएको परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिएका छन् ।