काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ ।
क्यानले शुक्रवार थाइल्यान्डमा हुने प्रतियोगिताका लागि अन्तिम टोली घोषणा गरेको हो । टोलीको उपकप्तानी भने पूजा महतोले गर्ने भएकी छन् ।
टोलीमा इन्दु र पूजाबाहेक रुविना क्षेत्री, रोमा थापा, बिन्दू रावल, कविता जैशी, सम्झना खड्का, राजमती ऐरी, रुवि पोद्दार, कविता कुँवर, सबनम राई, ईश्वरी विष्ट, मनीषा उपाध्यय र रिया शर्मा टोलीमा छन् ।
प्रतियोगिता ९ मेदेखि २० मेसम्म थाइल्यान्डमा हुनेछ। प्रतियोगितामा घरेलु टोली र नेपालसहित बहराइन, भुटान, हङकङ, कुवेत, मलेसिया, कतार र युएई छन् ।
यी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह सी मा छ । यो समूहमा हङकङ र बहराइन छन् । नेपालले पहिलो खेल हङकङसँग ९ मेमा खेल्नेछ ।
यस्तै, १० मेमा बहराइन र १३ मेमा हङकङसँग पुन: खेल्नेछ । १५ मेमा बहराइनसँग अर्को खेल खेल्दै नेपालले लिगचरण सक्काउने छ । हरेक समूहको विजेताले फाइनल राउन्ड खेल्नेछन् ।