आज सुनको मूल्यमा गिरावट, कति छ बजारभाउ ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य ओरालो लागेको छ । आइबार तोलाको एक लाख दुई हजार ८०० रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ५०० रुपैयाँले घटेर एक लाख दुई हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन पनि आइतबार तोलाको एक लाख दुई हजार ३०० मा कारोबार भएकोमा आज ५०० रुपैयाँले घटेर एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार तोलाको एक हजार ४२५ रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १० रुपैयाँले घटेर एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार सुनसँगै चाँदीको मूल्य पनि गिरावट भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us