फुटबल संघ पाल्पाको अध्यक्षमा प्रणयविक्रम राणा विजयी

काठमाडौं । जिल्ला फुटबल संघ पाल्पाको अध्यक्षमा प्रणयविक्रम राणा विजयी हुनुभएको छ । निर्वाचनमा उहाँ आफ्नो निकटतम् प्रतिद्वन्द्वी मनोहर थापालाई छ मतले पराजित गर्दै विजयी हुनुभएको हो । पन्ध्र मत रहेको  जिल्ला फुटबल संघको  उपाध्यक्षमा मनोजमान लिगल, प्रज्वल उदय, कृष्ण सारु मगरले नौ–नौ मत प्राप्त गरी विजयी हुनुभएको छ। 

नवनिर्वाचित अध्यक्ष राणाले फुटबलको विकासका लागि काम गर्ने प्रतिबद्धता जनाउँदै खेलाडी उत्पादन, प्रतियोगिता आयोजनाका साथै खेलकुद सामग्री संकलनमा जोड दिने बताउनुभयो। एन्फाका केन्द्रीय सहमहासचिव प्रकाश पंगेनीले दुई वर्ष कोभिड–१९ ले खेलकुदका गतिविधि सुस्ताए पनि आगामी दिनमा खेल गतिविधि बढ्ने बताउनुभयो । पूर्वअध्यक्ष भीमसेन कार्कीले मणिमुकुन्द कपदेखि लिएर विभिन्न प्रतियोगिता आयोजना गरेकोे बताउनुभयो ।
   
महिला सदस्यमा युकी गाहा विजय हुनुभएको छ। सदस्यमा अनिष श्रेष्ठ, दीपेन्द्र खनाल, कृष्णबहादुर बाकाबल, सुलभ कार्की, सुरज सारु, हरिबहादुर ज्ञवाली, दलबहादुर रास्कोटी, युवराज चिदी, अमृतबहादुर राना, सुजन थापा विजयी हुनुभयो। सदस्य सबैले नौ–नौ मत प्राप्त गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us