शिक्षकका माग नसुन्नु सरकारको अकर्मण्यता र जनविरोधी चरित्र हो : झलनाथ खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले शिक्षकका माग तत्काल सम्बोधन गर्न सरकारसँग आह्वान गरेका छन् । विगत २७ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदा पुगेका खनालले माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले एक महिनासम्म पनि सरकारले शिक्षकका माग नसुनी सरकार तानाशाही तरिकाले दमनको बाटोमा लागेको बताए । ‘सरकारले जसरी तानाशाही तरिकाले दमन गरिरहेको छ, यसको हामी घनघोर भर्त्सना गर्दछौँ, विरोध गर्दछौँ । शिक्षकहरू भनेको यो देशको यो देशको बालबालिकालाई शिक्षित गर्ने गुरुआमा हुन्,’ खनालले भने, ‘उहाँहरूका मागलाई पहिलो प्राथमिकताका साथ समाधान गर्नुपर्छ । अन्यथा यो भन्दा ठुलो जनआन्दोलनको प्रतीक्षा बस्नुपर्छ सरकार ।’

शिक्षकका माग नसुन्नु सरकारको अकमर्णयता र जनविरोधी चरित्र रहेको बताउँदै त्यसको विरोध गरे ।
शिक्षक आन्दोलनका क्रममा ऐक्यबद्धता जनाउँदा सडकमा पुगेका नेता खनालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै देशको शिक्षा व्यवस्थामा अहिले पनि २०२८ सालको ऐन लागू भइरहेको बताए ।

देशमा ठुलो परिवर्तन भएको अवस्थामा ऐन भने २०२८ सालकै लागू भइरहेको बताउँदै तुरुन्तै ऐन ल्याउनुपर्ने अवस्थामा सरकारले अहिले पनि ध्यान दिन सकेको बताए । आफू प्रधानमन्त्री हुँदा १६ प्रतिशत बजेट शिक्षा क्षेत्रमा छुट्टाएको बताउँदै त्यसपछि कुनै पनि सरकारले त्यति बजेट छुट्याउन नसकेको बताए ।

शिक्षकहरूले थालेको आन्दोलनमा आफूहरूको अन्तिमसम्म समर्थन रहने बताए । नेकपा एसकी नेतृ रामकुमारी झाक्रीले शिक्षकको आन्दोलनको विरोध गरेकी थिइन् । उक्त विषयमा नेता खनालले जसले आलोचना गरेको त्यो गलत भएको बताए । नेकपा एसले अन्तिम समयसम्म शिक्षकहरूको आन्दोलनमा समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us