शिक्षक महासंघले नेकपा एसलाई भन्यो : ऐक्यबद्धताकालागी धन्यवाद , संसदमा सशक्त आवाज उठाईदिनुहोला

काठमाडौं । शिक्षकहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएकोप्रति नेपाल शिक्षक महासंघले नेकपा (एकीकृत समाजवादी)लाई धन्यवाद ज्ञापन गरेको छ ।

आज सोमबार दिउँसो शिक्षकहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेसहितका टोलीलाई आन्दोलनमा एकीबद्धता जनाएकोमा धन्यवाद ज्ञापन गरेको हो ।

आन्दोलनरत शिक्षहरुले नेताहरुलाई आन्दोलमा ऐक्यवद्धतामात्र जनाएर नहुने भन्दै संसदमा पनि शिक्षकहरुको मागप्रति सशक्त रुपमा आवाज उठाउन आन्दोलनको नेतृत्व गरीरहेका शिक्षक महासंघका एक नेताले आग्रह गरे ।

“हाम्रो आन्दोलनमा पार्टीको तर्फबाट ऐक्यबद्धता व्यक्त गर्नुभयो, शिक्षक महासंघको तर्फबाट धन्यवाद व्यक्त गर्दछौँ । अव सडक आन्दोलनमा मात्र ऐक्यवद्धता व्यक्त जनाएर हुँदैन, सदनमा पनि सशक्त भुमिका निभाउनुहोला । हिजो केहि सांसदहरुले त बोलीसक्नुभएको छ । त्यसैगरी आवाज उठाईदिनुभयो भने हामी सफल हुनेछौँ ” उनले भने ।

शिक्षकहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन नेकपा एकीकृत समाजवादीका अध्यक्ष सहितको टोली आन्दोलनस्थल बिजुलीबजार पुगेका थिए । शिक्षक महासंघको नेतृत्वमा गत चैत २० गतेबाट सुरु भएको शिक्षकहरुको आन्दोलन आज २७औँ दिन पनि जारी छ ।

शिक्षकहरुले शिक्षा ऐन लगायत विभिन्न माग राख्दै काडमाडौंमा निरन्तर आन्दोलनरत गरीरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us