काठमाडौं । कक्षा १२ को परीक्षा समय परिवर्तन गरिएको छ । जेठ १६ गतेदेखि सुरू हुने कक्षा १२ को परीक्षा समय परिवर्तन गरेर बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय गरिएको हो ।
यसअघि राष्ट्रिय परीक्षा बोर्डले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म परीक्षा समय निर्धारण गरेको थियो । दिउँसो परीक्षा लिन लागेको भन्दै विरोध भएपछि परीक्षा समय परिवर्तन गरिएको छ । जेठ १६ देखि सुरु हुने परीक्षा २५ गतेसम्म चल्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।