दुईवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । बुधबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ।

बिहान ८ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बसिरहेको छ। बैठकमा सिडको आधारभुत सिफारिस नं. ३९ सम्बन्धमा छलफल हुने कार्यसूची छ।

त्यस्तै दिउँसो ३ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारले संघीय संसदमा पेश गरेको आर्थिक वर्ष २०८०/०८१ को सरकारको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल र समसामयिक विषयमा छलफल हुने कार्यसूची छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us