काठमाडौं । झण्डै महिनादेखि आन्दोलनरत शिक्षकहरुले आजदेखि सडक आन्दोलन फिर्ता भएको छ । सरकारसँग ९ बुँदे सहमति भएसँगै आन्दोलन फिर्ता भएको हो ।
बुधबार शिक्षामन्त्री रघुजी पन्तसँग शिक्षक प्रतिनिधिहरुबी नौ बुँदे सहमति भएको थियो । उक्त सहमतिसँगै सडक आन्दोलन फिर्ता लिएको नेपाल शिक्षक महासंघले जनाएको छ ।
शिक्षक आन्दोलन स्थगित भएसँगै करिब एक महिनादेखि अलपत्र परेको शैक्षिक गतिविधि अब सुचारु हुने शिक्षामन्त्री पन्तले बताए ।
शिक्षकहरुको माग सम्बोधन गर्ने सहमति भएपछि शिक्षकहरुको आन्दोलनको सम्पूर्ण कार्यक्रम पनि फिर्ता भएको उनले बताए । आन्दोलनका सबै कार्यक्रम स्थगित भएपछि आजबाट नै विद्यार्थी भर्ना सुरु हुने उनले बताए ।