४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले सस्तिएको छ । अघिल्लो हप्ता छापावाला सुनको मूल्य प्रतितोला एक लाख ९०० रुपैयाँ पुगेकोमा आज ४०० रुपैयाँले सस्तिँदै एक लाख ५०० रुपैयाँमा झरेको हो ।

त्यसैगरी, तेजाबी सुनको मूल्य समेत आज ५०० रुपैयाँले नै सस्तिँदै आज एक लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ५०० रुपैयाँ कारोबार भएको थियो । चाँदीको मूल्य भने आज स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us