नेकपा (एकीकृत समाजवादी) काभ्रेले जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई बुझायो मागपत्र

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) काभ्रेले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुलुकको आर्थिक, सामाजिकलगायत क्षेत्रमा सुधारका लागि मागपत्र बुुझाएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय धुलिखेलमा प्रमुख जिल्ला अधिकारीलाई जिल्ला पार्टी अध्यक्ष लगायतका केन्द्र तथा स्थानीयतह सम्मका नेता कार्यकर्ताले संयुक्तरूपमा मागपत्र बुझाएका हुन् ।

मागपत्रमा ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ को नाराका साथ कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सुशासन, विदेश नीति, संविधानको पुनरावलोकनका लागि सुझाव दिइएको छ । विशेष गरि खावा धुलिखेल – सुर्यविनायक सडक खण्डको कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने सरकारलाई जाेड दिइएकाे छ।

प्रतिनिधि मण्डलमा जिल्ला अध्यक्ष बसुन्धरा हुमागँाई, पाेलिटव्युराे सदस्यद्वय टाेक बहादुर वाइवा, लक्ष्मण लम्साल,केन्द्रीय सदस्य यसु लामा लगायत बागमती प्रदेश कमिटीका नेताहरु र जिल्ला सदस्य तथा भातृ संगठनका विभिन्न जिम्मेवारीमा रहनु भएको नेता कार्यकर्ताहरुकाे बाक्लाे उपस्थिति रहेको थियो ।

जिल्लामा उपलब्ध नेताहरु बीच करिव एक घन्टा विविध समसामयिक राजनीतिक विषयमा अनौपचारिक कुराकानी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us