काठमाडौं । स्थानीय तह निर्वाचनमा भागबण्डा मिलाउन सत्तागठबन्धनको बैठक आज पनि बस्दैछ । महानगर र उपमहानगरमा भागबण्डा मिले पनि नगरपालिका तथा गाउँपालिकामा अझै नमिलेपछि गठबन्धनको बैठक बस्न लागेको हो ।
कतिपय स्थानीय तहले आपसमा कुरा मिलाउन नसकेपछि केन्द्रकै निर्णय खोजेका छन्। उम्मेदवार मनोनयन गर्ने दिन आइसक्दा पनि गठबन्धनमा भागबण्डा मिलेको सकेको छैन ।बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने बताइएको छ ।