एजेन्सी । सन् २०२२ को फ्रान्सेली राष्ट्रपतीय निर्वाचनको दौड स्थानीय समय अनुसार आइतबार बिहान ८ बजे जिएमटी मेट्रोपोलिटन फ्रान्समा वर्तमान राष्ट्रपति इमानुएल म्याक्रोन र उम्मेदवार मारिन ले पेनबीच शुरु भएको छ । फ्रान्सेली योग्य मतदाताहरूले शनिबार आफ्नो मतपत्र हालिसकेका छन् ।
फ्रान्सको संवैधानिक परिषद्ले सार्वजनिक गरेको पहिलो चरणको मतदानको नतिजा अनुसार म्याक्रोनले २७.८५ प्रतिशत र उनका प्रतिद्वन्द्वी ले पेनले २३।१५ प्रतिशत प्राप्त गरेका छन् । अप्रिल १० मा भएको पहिलो चरणको मतदानमा ३५,करोड ९२ लाख ३ हजार ७०७ मतदाताले मतदान गरेका थिए ।