काठमाडौं। विन्दावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १० लाख कित्ता बराबरको प्राथमिक सेयर (आईपीओ) बिक्री खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित कास्की र लमजुङका बासिन्दाका लागि आइतबारबाट १० करोड बराबरको १० लाख कित्ता सेयर जारी गरेको हो । स्थानीयले २५ गतेसम्म कम्तीमा १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन पाउनेछन् ।
एक अर्ब जारी पूँजी भएको कम्पनीले १० प्रतिशत अर्थात १० लाख कित्ता सेयर स्थानीयलाई बिक्री गर्नेछ । स्थानीयलाई सेयर बिक्री गरेपछि कम्पनीले आम सर्वसाधारणलाई सेयर बिक्री गर्नेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।