काठमाडौं । नेपाल एकीकृत होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनको प्रथम राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ।अधिवेशनले धादिङका दिनेश घिमिरेलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ। अधिवेशनबाट सिङ्गो टिम नै सर्वसम्मत घाेषणा गरिएको छ।
नवनिर्वाचित कमिटीको अध्यक्षमा दिनेश घिमिरे,उपाध्यक्षमा हेम बहादुर पण्डित, महासचिवमा दीपेन्द्र खत्री, सचिवमा हिक्मत बहादुर रावल, सचिवमा बलराम न्यौपाने, सचिवमै विशन सिँ धामी,सचिवमै प्रज्ञा महत त्यसैगरी सदस्यहरुमा दुर्गा उप्रेती, बिरेन्द्र क्षेत्री, खगेन्द्र सिँ धामी कबिता थापा, किरण अर्याल,माधब रुपाखेति, राजेश्वरी कुवँर, सुजन थिङ, सपना राना मगर, उत्तर मान घिसिङ चयन भएका छन् ।
एकीकृत ट्रेड युनियन महासंघ नेपाल(ICTU) अन्तर्गत नेपाल एकीकृत होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियनको प्रथम राष्ट्रिय अधिवेशनबाट अध्यक्ष घिमिरे अध्यक्षमा निर्वाचित भएका हुन्।