नाइजेरियाको तेल प्रशोधन केन्द्रमा विस्फोट हुँदा सय भन्दा धेरैको ज्यान गयो

काठमाडौं। नाइजेरियाको दक्षिण राज्यमा इमोमा रहेको एक तेल प्रशोधन केन्द्रमा विस्फोट हुँदा सय जना भन्दा धेरैको ज्यान गएको छ ।

इमो राज्यका प्रहरी प्रमुखले दिएको जानकारीअनुसार उक्त प्रशोधन केन्द्रमा विष्फोट हुँदा काममा खटिएका सय जना भन्दा धेरै कर्मचारीको ज्यान गएको छ । उक्त प्रशोधन केन्द्रमा काम गरिरहेका बखत अकस्मात् आगलागी भएको र लगत्तै विस्फोट भएको जनाइएको छ । विष्फोटमा परेर अरु केही व्यक्ति घाइते पनि भएका छन् । नाइजेरियाका अधिकारीहरुका अनुसार सो तेल प्रशोधन केन्द्र विधिवत रुपमा दर्ता नै नभई अवैध रुपमा सञ्चालन भइरहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

उक्त केन्द्र प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको बताइएको छ । अवैध रुपमा सञ्चालन गरिएको सो तेल प्रशोधन केन्द्रमा आवश्यक सुरक्षा मापदण्ड पनि नअपनाइएकाले यो दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us