काठमाण्डौं। ‘रिसाइकल’ गरिएका प्लाष्टिकका उत्पादनको मानिकीकरण चुनौतीपूर्ण रहेकोे सरोकारवालाहरुले बताएका छन । काठमाडौंमा मंगलवार क्रिएसन नेपालद्धारा आयोजित ‘रिसाइकल’ गरिएका प्लाष्टिकको मानिकीकरणका लागि मुख्य सरोकारवालाहरुकोको संवादका सहभागिहरुले प्लाष्टिक व्यवस्थापन चुनौतिपूर्ण रहेको बताएका हुन । यसको सामना गर्न प्लाष्टिकको ‘रिसाइकल’ (पुर्नप्रयोग)का लागि मानिकीकरण तय गरेर र कानूनी आधार तयार गर्न आवश्यक रहेको उनीहरुले औंल्याए ।
विभिन्न थरीको प्लाष्टिक उपयोगमा रहेकोले त्यसको व्यवस्थापन’को लागि ‘रिसाइकल’ उपयुक्त बिकल्प भएको प्राध्यापक डा. रामेश्वर अधिकारीले बताए । पुर्व वातावरउण मन्त्री गणेश साहले प्लाष्टिक मानिसको जीवनमा अभिन्न सरह भइसकेकोले यसलाई नकार्नुभन्दा व्यवस्थापन र महत्त्वपूर्ण हुने र पुर्नप्रयोग सहयोगी हुने बताए ।
दक्षिण एशियाका लागि पलष्टिकमुक्त नदी तथा समुद्र आयोजना तथा क्रिएशनद्वारा आयोजित कार्यक्रम स्क्याप, युएनओपिएस र विश्व बैंकको सहयोगमा कार्यान्यवन भएको हो ।
यस कार्यक्रममा सहभागिहरुले डेढ महिनाभित्र मानिकीकरणको खाका तयार गर्नेमा सहमत देखिएका थिए । उनीहरुले नीति निर्माता रहेको राजनीतिकर्मीहरुलाई पनि यसबारे जानकार बनाउन जरुरी रहेको औल्याए ।
नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक आलोक मिश्राले आवश्यक्ता अध्ययन गरेर स्ट्याण्डरहरु निर्धारित गर्ने गरेको बताउदै प्लाष्टिकको ‘रिसाइकल’का लागि मानिकीकरण गर्न पनि विभाग साकारात्मक रहेको बताए ।
प्लाष्टिक रिसाइकल उद्यमी पंकज परियारले प्लाष्टिक पुर्नप्रयोग आफैमा ठुलो आर्थिक स्रोत रहे पनि सबै फोहोरमा मोहर नभएको जिकिर गरे ।
मानव समाजको भविश्यका लागि प्लाष्टिक रिसाइकलमना जानै पर्ने उनले जिकिर गरे । आयातकर्ताले भन्सार बिन्दुमा र उद्योगीले उद्योगको तर्फबाट आफुले ल्याउने वा प्रयोग गर्ने प्लाष्टिकको परिमाण स्वघोषणा गर्नु पर्ने बताए ।
वातावरण विभागका उपमहानिर्दैशक शैलेश झाले वातावरणीय अध्ययनको पालनाको अनुगमन विभागले नियमित गरिरहेको दावी गरे । रिसाइकलको लागि सरकार, नीजि क्षेत्र र जनता सहकार्य आवश्यक रहेको उनले बताए ।
प्लाष्टिक व्यवस्थापनमा समुदाय र केही स्थानीय तह सरकारसंग सहकार्य गरेर काम गर्दै आएको संस्था क्रिएशन कि महासचिव सुजाता कोइरालाले प्रदुषणकर्तालाई जिम्मेवार बनाउदै रिसाइकलमा समेत उनीहरुको योगदान सुनिश्चित जरुरी रहेकोे बताइन ।
केमिकल इन्जिनयिर राजेन्द्र जोशीले प्लाष्टिकलाई केमिकल प्रतिक्रिया गराएर पुर्नप्रयोग गर्न सकिने सुझाए । उनले कवाडी संकलनजस्ता फोहोर संग जोडिएको पेशाप्रति हेय दृष्टी अन्त गर्नका सचेतना आवश्यक रहेको बताए । उद्यम विज्ञ अनिल चित्रकारले प्लाष्टिकको व्यवस्थापनको लागि सरकार, निजी क्षेत्र, अनुसन्धानमा लागेका विद्यार्थी र अध्ययेतालगायतसंगको सहकार्य आवश्यक रहेको बताए ।
क्रिएशनका संस्थापक अध्यक्ष आनन्द मिश्राले समापन मन्तव्य राख्दै पुर्नप्रयोग गर्न सकिने प्लाष्टिकको उपयोग गर्दै जादा पुर्नप्रयोग गर्न नसकिने भएपछि त्यसलाई व्यवस्थित नष्ट गर्नुको बिकल्प नरहेको बताए ।