काठमाडौं । पाकिस्तानी सेनाले जम्मू–कश्मीरको पुंछ सेक्टरमा गरेको गोलाबारीमा भारतीय सेनाका एक जवानको मृत्यु भएको छ ।
भारतीय सेनाले सामाजिक सञ्जाल एक्समार्फत बिहीबार बिहान भएको उक्त घटनामा परी सैनिक दिनेशकुमार शर्माको मृत्यु भएको जानकारी दिएको हो । ‘पुंछ सेक्टरमा निर्दोष नागरिकहरूमाथि लक्षित आक्रमणका सबै पीडितहरूसँग हामी ऐक्यबद्धतामा उभिएका छौं,’ भारतीय सेनाले भनेको छ ।
मृतक प्रहरी जवान शर्मा हरियाणा निवासी रहेको बताइएको छ । यसैबीच, हरियाणाका मुख्यमन्त्री नायबसिंह सैनीले मृतक सैनिक जवानप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । यस घटनालाई लिएर भारतीय सेनाले भनेको छ, ‘पाकिस्तानले फेरि एकपटक युद्धविराम सम्झौताको उल्लंघन गरेको छ ।’