फेकनको सदस्य भएपछि शिवाकोटीले संस्थालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने

काठमाडौँ । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को शनिबार हुने निर्वाचनका लागि सदस्य पदमा निराजन शिवाकोटीले उम्मेदवारी दिएका छन् ।
लामो समयदेखि शैक्षिक परामर्श व्यवसायमा क्रियाशील शिवाकोटीले संस्थाको दीगो विकास र सदस्यहरूको सशक्तिकरणका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् । ८ जना सदस्य चयन हुनुपर्ने विधान छ भनें त्यसमा १२ जनाको उम्मेदवारी परेको छ ।
शिवाकोटीले फेकनलाई अझ प्रभावकारी, पारदर्शि र सदस्य–केन्द्रित संस्था बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन् । उनले आफू निर्वाचित भएमा सदस्यहरूको सहभागिता बढाउँदै उनीहरुबाट आएका सुझावलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । उनले अन्तर्राष्ट्रिय शिक्षा बजारसम्म फेकनको पहुँच विस्तार गर्ने र व्यावसायिक चुनौतीहरूको समाधानका लागि नीतिगत तहमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले विदेशी विद्यार्थीहरूलाई नेपालको शैक्षिक प्रणालीतर्फ आकर्षित गर्न ‘एक्सचेन्ज प्रोग्राम’ मार्फत विदेशी विश्वविद्यालयहरूसँग सहकार्य गर्ने र नेपालमा अध्ययनका अवसरहरू सिर्जना गर्ने दीर्घकालीन उद्देश्य पनि अघि सारेका छन । उनले सदस्यहरूको एक मतले आफूलाई फेकनको सेवामा ठूलो भूमिका खेल्ने अवसर दिने विश्वास व्यक्त गर्दै शैक्षिक परामर्श क्षेत्रलाई अझ उचाइमा लैजान सबै सदस्यहरूको साथ, समर्थन र विश्वासको अपेक्षा गरेका छन् ।
शनिबार हुने निर्वाचनले दुई वर्षको लागि नयाँ कार्यसमिति चयन गर्ने छ । फेकनमा २ सय ६२ मतदाता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us