उज्यालो बन्यो बाजुराका दुर्गम अँध्यारा बस्ती

शेरबहादुर सार्की

बाजुरा । बाजुरामा पुस्तौँ देखि अँध्यारा रहँदै आएका दुर्गम गाउँ बस्ती पछिल्लो समय उज्याला हुन थालेका छन् । स्वास्थ्य, शिक्षा , सडक सँगै गाउँमा बिजुली बस्तीको पहुँच गर्ने गरी यहाँका स्थानीय तहले बत्ती बाल्ने कामलाई पहिलो प्राथमिकता दिएसँगै पछिल्लो समय यहाँका अँध्यार गाउँ बस्ती उज्याला हुँदै गएका हुन् ।

सयौँ वर्ष देखि टुकी र झरोको भरमा रात काटिरहेका दुर्गमका स्थानीयले यती बेला दिन रात बिजुली बत्तीको प्रयोग गर्न थालेका छन् । पहिला गाउँमा बिजुली नहुँदा यहाँका स्थानीयलाई राती झरोको प्रयोग गर्न बाध्य हुनु परेको थियो । भने यता चार्ज गर्न पनि बत्ती नहुँदा सञ्चार सेवा सुविधाबाट पनि वञ्चित हुँदै आएका थिए ।

पुस्तौँ लेखिका यी अँध्यारा बस्तीमा झरो टुकीको भरमा रात काटी रहेका थियौ । अहिले पालिकाको पहलमा गाउँमा बत्ती पुगेपछि निकै खुसी लागेको हिमाली गाउँपालिका वडा नं –१ का परमल रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो , “ हिमाली कोटी, कोट, रुम्दी, नातीखोला ,देउसिना, बिच्छ्या, टिन, बल्लदेमाडु, तरिखोला, बामु वडा युना, बौडिका अति दुर्गम गाउँमा समेत अहिले बिजुली बत्ती बलेको छ ।”

पहिला यहाँ बिजुली नहुँदा राती साह्रै गाह्रो हुन्थ्यो । यहाँका बालबच्चालाई राती पठन पाठन गर्न पनि हुँदैन थियो । मोबाइल चार्जको त कुरै नगरौँ । गाउँमा पैसा हुनेले सोलरबाट मोबाइल चार्ज गर्ने गरेका थिए । गरिबले भने मोबाइल चार्ज गर्न नपाउँदा सञ्चार सेवा सुविधाबाट समेत सधैँ वञ्चित हुनु परेको थियो ।

अहिले पालिकाले कादुरी संस्था सँग समन्वय तथा सहकार्य गर्दै आएपछि यती बेला यहाँका दुर्गम गाउँ बस्ती उज्याला हुँदै आएको रोकायाले बताउनुभयो । बाजुराका हिमाली जगनाथ स्वामिकार्तिक र बुढीनन्द जिल्लाकै दुर्गम ठाउँका पालिकाको रूपमा चिनिन्छन् । यती पालिका मध्य पनि यहाँको हिमाली गाउँपालिका त जिल्लाकै एक विकट पालिकाको रूपमा चिनिँदै आएको छ ।

यहाँका अधिकांश गाउँ बस्ती त अति दुर्गम ठाउँमा रहेका छन् । ती गाउँ बस्तीमा पुग्नका लागि जिल्ला सदरमुकाम मार्तडी देखि झन्डै ६५ किलोटिरको दुरी हिँड्नु पर्ने देखिन्छ । यहाँका स्थानीयको सबै भन्दा ठुला समस्या स्वास्थ्य शिक्षा सडक बिजुली बत्ती नै हुन् । पछिल्लो समय पालिकाले ती समस्या समाधान गर्ने गरी यहाँका विभिन्न सङ्घ संस्था सँग समन्वय गर्दै आएपछि अहिले यहाँका अधिकांश गाउँ बस्ती स्वास्थ्य शिक्षा सडक र बिजुली बत्तीको पहुँचमा रहँदै आएका छन् ।

हिमाली गाउँपालिका र कादुरी एग्रीकल्चरल एड एसोसिएसन ब्रिटिस गोर्खाज नेपालको आर्थिक सहयोगमा गाउँमा नाति खोला जलविद्युत परियोजनाले एक सय किलोवाट विद्युत् उत्पादन गरी यहाँका दुर्गम गाउँ बस्तीका स्थानीयलाई अँध्यारोबाट मुक्त गरिदिएको छ ।

भौगोलिक विकटतामा रहेका यहाँका गाउँ बस्ती लामो समय देखि अन्धकार रहँदै आएका थिए । लामो समयको प्रयासपछि यती बेला यहाँका दुर्गम गाउँ बस्तीमा बत्ती बाल्न सफल भएको हिमाली गाउँपालिकाले जनाएको छ ।

यहाँका स्थानीयको पहिलो माग विद्युत् सडक स्वास्थ्य शिक्षा हो । हामीले पनि उनीहरूका ती माग पुरा गर्ने गरी निरन्तर काम गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ अहिले यहाँका अधिकांश वडामा रहेका गर्दुम गाउँ बस्ती समेत बिजुलीको पहुँचमा छन् । यहाँको बोलडीग धिम र गुम्बा गाउँमा फेरि पनि बत्ती बल्न बाँकी । बोल्डीग र धिममा त केही महिना भित्रै बत्ती बल्छ । भने गुम्बा गाउँमा भने केही समय लाग्छ ।”

विगतका दिनहरूमा टुकी र झरोको साहायतामा रात काट्न बाध्य भएका यहाँका स्थानीयले अहिले दिन रात बिजुली बत्तीको प्रयोग गर्दै आएका छन् । पहिला अँध्यारो रहेका यहाँका दुर्गम गाउँ बस्ती पछिल्लो समय उज्याला बन्दै गएको हिमाली गाउँपालिकाका अध्यक्ष मल्लले बताउनुभयो । गोरखापत्र अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *