काठमाडौ। काठमाडौंको महाराजगन्जबाट २० जना चिनियाँ नागरिक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र अध्यागमन विभागले शनिवार उनीहरुलाई पक्राउ गरेको अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले बताउनु भयो ।
पक्राउ गरिएका चिनियाँ नागरिकमध्ये केही भिसा बिना नै नेपालमा बसेको भेटिएको छ । विभागले अनुगमन गर्दा पर्यटक भिसामा आएर व्यापार गरेको भेटिएपछि उनिहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ गरिएका चिनियाँलाई कानुनी कारवाही गर्न अध्यागमन विभागको जिम्मा लगाइने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले जानकारी दिनुभयो ।