काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बुद्ध दर्शनको गहन अध्ययन गरेर त्यस भित्र रहेका सकारात्मक र सान्दर्भिक पक्षहरूलाई आजको परिवर्तन र रूपान्तरणको काममा लाग्नु पर्ने बताएका छन् ।
उनले २५६९औँ बुद्ध जयन्तीको अवसरमा बौद्धजनकहरूलाई शान्ति,सद्भाव र समृद्धिका निम्ति हार्दिक शुभकामना व्यक्त गदै यस्तो बताएका हुन् ।
उनले भनेका छन् । शान्तिपूर्ण सहअस्तित्व, सम्पूर्ण जीवन र जगतको अनित्यता, हर कुरामा हुने परिवर्तनशीलता, कुनै पनि अलौकिक शक्तिको अस्तित्वको अस्वीकार्यताका, कारण र कार्यको सिद्धान्त, लैंगिक समानता, छुवाछुत र उच्च निचको वर्णवादी सिद्धान्तको अस्वीकृति र सामूहिकताको सिद्धान्त जस्ता नीति र सिद्धान्तहरू समाजको विकास र रूपान्तरणको प्रक्रियाका निम्ति अहिले पनि उत्तिकै सान्दर्भिक देखिन्छन् । त्यसैले बुद्ध दर्शनको गहन अध्ययन गरौँ र त्यस भित्र रहेका सकारात्मक र सान्दर्भिक पक्षहरूलाई आजको परिवर्तन र रूपान्तरणको काममा लगाऔँ ।’
साथै आजकै दिन किरात समुदायको महान् पर्व उभौलीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किरात दिदीबहिनी तथा दाजुभाइहरूमा पनि सुख,शान्ति,सद्भाव र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गदै त्रिपिटक विश्वको सबैभन्दा ठूलो दार्शनिक महाग्रन्थ रहेको जसको रचना गौतम बुद्ध जस्ता नेपालीबाट भएको भन्दै सम्पूर्ण नेपालीहरूलाई उनले गर्व गर्नुपर्नेसमेत बताएका छन् । बुद्धले दिएका शिक्षाहरू मध्ये अहिंसा र शान्ति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उनको भनाई छ ।