भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय सम्बोधनमा के भने ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अपरेशन सिन्दूर सुरु भएपछि पहिलो पटक राष्ट्रलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले सुरक्षा बलको प्रशंसा गर्दै भने, ‘म हाम्रा वीर सुरक्षा बलहरूलाई हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु । विगत केही दिनमा हामीले देशको संयम र दृढता देखेका छौँ । अपरेशन सिन्दूर केवल एक सैन्य कारबाहीको नाम होइन, यो देशवासीको भावना र एकताको प्रतीक हो ।’

प्रधानमन्त्री मोदीले युद्धको समयमा पाकिस्तानलाई कडा जवाफ दिएको दाबी गरे । उनले भने, ‘हाम्रा मिसाइल र ड्रोनहरूले पाकिस्तानमा आतंकवादी अखडाहरूलाई ध्वस्त पारे । यसले तिनीहरूका संरचनाहरू मात्र होइन,आतंकवादप्रतिको तिनीहरूको मनोबल पनि तोडिदिएको छ ।’

उनले पाकिस्तानसँग वार्ताको सम्भावनालाई लिएर स्पष्ट अडान राख्दै भने, ‘पानी र रगत एकसाथ बग्न सक्दैन । यदि पाकिस्तानसँग कुनै वार्ता हुन्छ भने, त्यो आतंकवादविरुद्धको लडाइँमा मात्र हुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *