काठमाडौं । स्थानीय तह कर्मचारी संघ, नेपाल मधेश प्रदेशको दोस्रो अधिवेशनले रामइश्वरी रायको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।
संघका केन्द्रीय महासचिव शम्भु बरालका अनुसार शनिबार र आइतबार भएको अधिवेशनले कार्यसमितिको उपाध्यक्ष (महिला) मा प्रतिज्ञा बैद्य, सचिवमा मन्जित यादव, सह–सचिवमा डम्बरनारायण यादव र राजनारायण यादव र कोषाध्यक्षमा विमल जोशीलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा सरिता परियार, सुजनदास पटेल, कविता बस्नेत, शेष अरिफ, गणेशकुमार यादव निर्वाचित भएका छन् । बाँकी ४ जना सदस्य कार्यसमितिले पछि मनोनीत गÞर्ने जनाइएको छ । प्रदेशका ८ जिल्लाका अध्यक्ष भनें प्रदेश समितिको पदेन सदस्य रहने छन् । स्थानीय तह कर्मचारी संघ, नेपालको मधेश प्रदेश र सर्लाही जिल्ला अधिवेशनको प्रमुख अतिथि मधेश प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जैसवाल थिए । विशेष अतिथिका रुपमा स्थानीय तह कर्मचारी संघ, नेपालका अध्यक्ष नारायणप्रसाद शर्मा, पूर्वअध्यक्ष हरिकुमार श्रेष्ठ, महासचिव बराललगायत थिए ।
त्यस्तै सर्लाही जिल्लाको चौथो अधिवेशन पनि आइतबारै सम्पन्न भएको छ । संघको सर्लाही जिल्ला अधिवेशनले रामध्यान राय अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्ष (महिला) मा शिक्षा न्यौपानेलाई चयन गरेको छ । त्यसैगरी सचिवमा चन्द्रेश्वर यादव, सहसचिवमा सुरेश सहनी, कोषाध्यक्षमा अबधेस झा चयन भएका छन् । सदस्यहरुमा रुपेशप्रसाद यादव, अशोक गुप्ता , सीताराम पाण्डे, उपेन्द्र महतो, देवनारायण शाह र रामचन्द्र राय चयन भएका छन् ।
‘राजनैतिक अधिकारसहितको ट्रेड युनियन अधिकार, संघीयतामा अधिकारसम्पन्न संवैधानिक स्थानीय सरकार’ भन्ने मूलनाराका साथ संघको स्थापना भएको हो । संस्थाले आफूसँग सरोकार रहेको विविध विषयमा पटक पटक अन्तरक्रिया तथा छलफलसमेत गर्दै आएको छ ।