अपहरण गरेको १९ महिनापछि हमासले रिहा गर्यो इजरायली–अमेरिकी नागरिक अलेक्ज्यान्डर

एजेन्सी । हमासले इजरायली–अमेरिकी नागरिक एडन अलेक्ज्यान्डरलाई रिहा गरेको छ । १९ महिनाअघि बन्धक बनाइएका उनलाई सोमबार राति गाजा सिटीको खान युनिस क्षेत्रबाट रिहा गरिएको हो ।

२१ वर्षीय अलेक्ज्यान्डर अमेरिकाबाट आएर इजरायली सेनामा भर्ना भएका व्यक्ति हुन् । उनी २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणताका अपहरणमा परेका थिए ।

अलेक्ज्यान्डर गाजामा हमासद्वारा बन्धक बनाइएका अन्तिम जीवित अमेरिकी नागरिक हुन् । उनको रिहाइसँगै ५८ अपहृतमध्ये २३ जना जीवित रहेको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *