काठमाडौं । राजस्व अनुसन्धान विभागले काठमाडौंको शुभलक्ष्मी इन्टरनेशनलसहित विभिन्न फर्मका सञ्चालक मनिषकुमार अग्रवालसहित ५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।
राजस्व अनुसन्धान विभागले काठमाडौंको शुभलक्ष्मी इन्टरनेशनलसहित विभिन्न फर्मका सञ्चालक मनिषकुमार अग्रवालसहित ५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विजक खरीद गरी वित्तीय विवरणहरू तथा आयविवरणहरू तयार गरेको र तिर्नुपर्ने कर नतिरी राजस्व चुहावट गरेको भन्दै उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको विभागले जनाएको छ ।
उनीहरूले १८ करोड ५ लाख ६८ हजार ६४३ रुपैयाँ राजस्व चुहावट गरेको भन्दै विभागले मुद्दा दर्ता गरेको हो ।