काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । आज आइतवार बिहान घोषणापत्र सार्वजनिक गरेपछि शाहले दिउँसो काठमाण्डौका मेयरमा आफ्नो नाम दर्ता गराउनुभएको हो ।
उहाँले राष्ट्रिय सभा गृहमा स्थापना गरिएको काठमाण्डौ महानगपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराउनुभएको हो । ३१ वर्षीय शाह स्ट्रक्चरल इन्जिनयरसमेत हुनुहुन्छ । यही वैशाख ३० गते हुने पालिका चुनावका लागि शाहले २८ बुँदै प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।