सरकारले दक्षिण कोरिया अध्ययनका लागि दिइँदै आएको एनओसी किन रोक्यो ?

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दक्षिण कोरियामा भाषा र स्नातक अध्ययनका लागि दिइने वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) स्थगित गरेको छ । मङ्गलवार जारी सूचनाअनुसार डी-२ र डी-४ भिसामा अध्ययन गर्न जाने विद्यार्थीलाई एनओसी दिन रोकिएको छ ।

मन्त्रालयले विद्यार्थीले अध्ययनभन्दा रोजगारीलाई प्राथमिकता दिएको, स्टडी आवर कम भएका र कालोसूचीमा परेका विश्वविद्यालयमा भर्ना भएको, कन्सल्टेन्सीको गलत आश्वासनले मानसिक तनाव भएको जस्ता कारण देखाएको छ । डी-२ र डी-४ भिसा नियमन गर्न गठित कार्यदलको प्रतिवेदनपछि थप निर्णय हुने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *