नेपाल मानव धर्म सेवा समितिले मनायो २५६९ औं बुद्ध जयन्ती

काठमाडौं । नेपाल मानव धर्म सेवा समितिले विभिन्न कार्यक्रम सहित २५६९ औ बुद्ध जयन्ती सम्पन्न गरेको छ।

समितिले बृहत् शान्ती र्याली, सत्संग समारोह, बुद्धको जिवनीमा आधारित नाटक तथा विविध सांस्कृतिक कार्यक्रम सहित वुद्ध जयन्ती समापन गरेको हो ।
सत्संग कार्यक्रममा बोल्दै नेपाल मानव धर्म सेवा समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाईजीले आफु शान्तिमय जीवन जिउनुपर्ने र अरुलाई पनि शान्तीले जीवन जिउने वातावरण बनाउनुपर्ने बताउनुभयो । घरमा एकजनाको मन अशान्त हुने वित्तिकै सबैतिर अशान्ती फैलिने कुरामा जोड दिदै घरलाई मन्दिर बनाउन सबै सदस्यको भुमिका रहेको प्रस्ट्याउनुभयो । यसका लागि दिमाग र मन दुबैले एकै भएर काम गर्नुपर्ने उहाँको तर्क रहेको छ ।

सुद्धोधनले बाण हानेर हाँसलाई घाइते बनाएको र सिद्धार्थले बचाएको प्रशंगलाई राख्दै सबैमा भगवान वुद्धको जस्तो करुणा, दया, सम्मान हुनुपर्ने अनिमात्र सबैमा भाइचाराको विकास हुने पनि चमेली वाईजीको विश्वास रहेको छ ।
मानिस स्वयम् नै शाक्तिको खजाना भएको तर बाहिरी आँखाले यसलाई चिन्न नसकिने बताउदै आफुमा भएको शक्तिलाई चिन्न आँखा बन्द गरेर आफुभित्रै फर्किन पनि उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले नजिकको तिर्थ हेला भनेको जस्तै हामीले भगवान वुद्धलाई बास्ता नगरेको बताउनुभयो ।

विश्वका मानिसहरु भगवान वुद्धले दिएको ज्ञानलाई खोजि गरेर हिडिरेहको बेला नेपालीहरु भने अन्य बाटोमा लाग्नु दुःखको कुरा रहेको उहाँले बताउनुभएको छ ।
शक्ति प्रदर्शनले कहिल्यै पनि शान्ती ल्याउन नसक्ने बताउदै उहाँ भन्नुहुन्छ, “भर्खरै भारत र पाकिस्थान विचको द्धवन्दले हामीलाई पनि असुरक्षाको वातावरण श्रृजना गरेको थियो । तर जसै युद्ध रोकियो हामीले पनि शान्तीको श्वास फेरेका छौं ।”
कार्यक्रममा नेपाल मानव धर्म सेवा समितिकै वरिष्ट महात्मा लता वाईजीले संसारमा जन्म लिएका सबैको मृत्यु हुने भएकाले के कुराले हामीलाई जिवित राखेको छ त्यसलाई बुज्नुपर्नेमा जोड दिनुभएको छ । अहिले देश लथालिंग भैरहेको, देश रोइरहेको कुरालाई जोड दिदै सबै मिलेर देशमा शान्ती ल्याउनुपर्ने र यसका लागि अध्यात्म मात्र एउटा साधन भएको पनि प्रष्ट पार्नुभएको छ ।

समय समयमा यस धर्तिमा आएका महान पुरुषहरुले शान्तीको संदेश दिइरहेको र कलियुगमा पनि शान्तीको संदेश दिन महापुरुषको जन्म भैसकेकोले उहाँलाई खोजि गर्न र चिन्न पनि उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *