अद्यावधिक गर्नुपर्ने बेरुजु ७ खर्ब ३२ अर्ब पुग्यो

काठमाडाैं । महालेखा परीक्षक तोयम रायाले सरकारी निकायका विभिन्न अनियमितता र बेरुजु समेटिएको ६२ औ वार्षिक प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउनुभएको छ ।

रायाले आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन बुझाउनुभएको हो । प्रतिवेदन अनुसार हाल सम्मको जम्मा अद्यावधिक बेरुजु ७ खर्ब ३२ अर्ब पुगेको छ ।

आर्थिक वर्ष २०८०-८१ मा बेरुजु ९१ अर्ब कायम भएकोमा २८ अर्ब सम्परिक्षण भएकाले कूल बेरुजु ६३ अर्ब कायम भएको महालेखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *