एजेन्सी । कूटनीटिक प्रयासपछि दुबै देशका नेताहरू सोमबार फेरि वार्ता गर्ने भएका छन्।
वार्ता गर्न दुबै पक्ष सकारात्मक रहेको समाचार संस्था रोयटर्सले जनाएको छ। ‘रूसले प्रभावकारी रूपमा कुरा गर्न सुरू गरिसकेको छ,’ युक्रेनी वार्ताकार मिखाइलो पोडोल्याकले भिडिओमा भने, ‘मलाई लाग्छ कि हामीले केही दिनमै परिणाम आउँछ।’
रूसी समाचार एजेन्सीले रूसी प्रतिनिधि लिओनिड स्लट्स्कीलाई उदृत गर्दै वार्ता सकारात्मक रहेको र सम्झौता गर्न सम्भव भएको बताएका थिए।
उनीहरूबीच भिडिओमार्फत् स्थानीय समयअनुसार साढे ८ बजे बिहान छलफल हुन लागेको युक्रेनले जनाएको छ। के कस्तो विषयमा छलफल हुने खुलेको छैन। युक्रेन र रूसबीच बेलारूसमा तीन पटक छलफल भइसकेको छ।
गत सोमबार पनि उनीहरूबीच छलफल भएको थियो। युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले दुबै देशका प्रतिनिधिहरूले दैनिक भिडिओमार्फत् कुराकानी भइरहेको बताएका छन्।
युक्रेनी प्रतिनिधिहरूको प्रमुख उद्देश्य राष्ट्रपति जेलेन्स्की र भ्लादिमिर पुटिनसँग भेटवार्ता गराउनु भएको रोयटर्सले जनाएको छ। ‘हामीले धैर्य राख्नुपर्छ। हामीले लड्नुपर्छ। र हामी जित्छौं,’ जेलेन्स्कीले गएराति भिडिओमार्फत् सम्बोधन गर्दै भने। वार्ताको कुरा भइरहे पनि रूसले युक्रेनमाथि आक्रमण गर्न भने रोकेको छैन।