काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अदालतको आदेशबाट जन्मिएको पार्टी भएको आरोप लगाएका छन् । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै कांग्रेसको संकल्प पत्र सार्वजनिक गर्ने कार्यक्रममा थापाले यस्तो बताएका हुन् ।
‘नेपाल कम्युनिष्ट पार्टी बनिसकेको अवस्थामा अदालतको आदेशबाट पुनः एमाले ब्यूँझिएको हो,’ थापाले भने ।
एमालेले सरकारलाई परमादेशमा बनेको आरोप लगाउने गरेको तर, एमाले नै अदालतको आदेशबाट जन्मिएको उनले बताए । ‘एमालेका नेताहरूको अहिलेको सरकारलाई परमादेशबाट बनेको भन्छन् ।
आगामी पाँच वर्ष कांग्रेसलाई स्थानीयदेखि संघीय सरकारसम्म चलाउने अवसर दिए आगामी १० वर्षलाई समृद्धिको दशकको रूपमा स्थापित गर्ने उनले बताए । घोषणा पत्र तयारी समितिका संयोजक कांग्रेसका महामन्त्री गगन थापाले कम्युनिष्टले पाँच वर्ष खेर फालेको र अधिनायकवाद तथा सर्वसत्तावाद जनतामा लादेको आरोप लगाएका छन् । २०७४ मा कम्युनिष्ट पार्टीले स्थानीयदेखि संघीय सरकार चलाउने जिम्मेवारी पाएको भए पनि उनीहरूको अकर्मण्यताले पाँच वर्ष खेर गएको थापाको भनाइ छ ।
हामीले उनीहरूलाई सम्झाइदिनुपर्ने भएको छ । एमाले भन्ने पार्टी अदालतको आदेशबाट जन्मिएको उनीहरूलाई याद गराइदिनुपर्ने भएको छ,’ थापाले भने । कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा कांग्रेसले स्थानीय तह निर्वाचनको संकल्प पत्र जारी गरिरहेको छ ।