काठमाडौं । लामो समयदेखि निरन्तर गिरावट भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज उच्च अंकले वृद्धि भएको छ ।
आज नेप्से ९५.४६ अंकले बढेर २ हजार ४ सय २० दशमलब ९१ विन्दुमा पुगेको हो । आज नेप्सेमा २ अर्ब ५३ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको धिताे बार्डले जनाएकाे छ । गत साता दैनिक डेढ अर्बको हाराहारीमा कारोबार भएको थियो ।
आज कारोबार भएका १९३ कम्पनीको शेयरमूल्य बढेको छ भने एक कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि १० कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने २५ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।