काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा बिहीबार साँझ बत्ती गएको छ।
प्राधिकरणको ढल्केबर सबस्टेशनमा प्राविधिक समस्या आउँदा बत्ती गएको प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले जानकारी दिएका छन्।
भारतबाट आउने बिजुली नेपालको प्रशारणलाइनमा जोड्ने क्रममा फल्ट हुँदा बत्ती गएको उनले जानकारी दिए ।
केही स्थानमा बत्ती आए पनि केही स्थानमा भने अझै अन्धकारको अवस्था रहेको छ । बत्ती बेलाबेला झ्याप्प झ्याप्प गइरहेपछि समाजिक सञ्जालमा आक्रोश पोख्न थालेका छन् ।
समस्याको पहिचान गरेर पावर बढाउने काम भइरहेको प्राधिकरणले जनाएको छ ।