धादिङमा बस र कार एकआपसमा ठोक्किँदा पाँच जनाको मृत्यु

धादिङ। धादिङमा बस र कार एकआपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ। पृथ्वी राजमार्गअन्तर्गत थाक्रेँ गाउँपालिकाको जुंगेखोलामा बस र कार एकआपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको हो । 

धादिङतर्फ आउँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौंतर्फ जाँदै गरेको ०१–०२६–च २९६८ कारलाई ठक्कर दिएको थियो। दुर्घटनामा कारमा सवार पाँचै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवम् एवक्ता जागेश्वर भण्डारीले बताउनुभयो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us