आज पाँच समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौं । संघीय संसद्अन्तर्गतका आज यी पाँच संसदीय समितिको बैठक बस्दैछ । अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक आज बस्न लागेको हो ।

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक),२०८० सम्बन्धमा विषयविज्ञ र सरोकारवालासँग छलफल गर्ने कार्यक्रम छ । बिहान साढे ७ बजेका लागि बोलाइएको महिला तथा सामाजिक मामिला समितिको बैठकमा दुईवटा उपसमितिले तयार पारेका प्रतिवेदन समितिसमक्ष पेस गर्ने कार्यसूची छ ।

बिहान साढे ८ बजेका लागि बोलाइएको पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनसहित दफाबार छलफल गर्ने कार्यसूची छ भने दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

यस्तै, दिउँसो १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *