मोरङ । ग्रामधान गाउँपालिका ४ कटहरामा जुवा खेलिरहेको अवस्थामा ग्रामथान गाउँपालिका ५ बस्ने ५४ वर्षीय रूपेश कुमार तामाङ समेत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख ४१ हजार ३ सय १५ रुपैयाँ र कौडा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।