काठमाडौं । प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । संसद सुरु भएदेखि नै गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरुले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले ३० मिनेटका लागि स्थगित गरेका हुन् ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरिय छानबिन आयोगको माग राख्दै माआोवादी केन्द्र र रास्वपाले उठेर नाराबाजी गर्दै सदन अवरोध गरेका थिए ।